चिनियाँ राष्ट्रपति सी स्वदेश फिर्ता
काठमाण्डौ, २६ असोज । नेपालको दुईदिने राजकीय भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी जिनपिङ आज स्वदेश फिर्ता भएका छन् ।
उनी दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश प्रस्थान गरेका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर बिदाई गरिन् । बिदाई समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीपरिषद्का सदस्य लगायतको सहभागिता रहेको थियो ।
बिदाईका क्रममा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो ।
सोल्टी होटेलबाट विमानस्थल फर्कने क्रममा राष्ट्रपति सीलाई बिदाइ गर्न सडकमा सरकारी कर्मचारी, सर्वसाधरणको उल्लेख्य सहभागिता थियो ।
समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा उनी शनिबार साँझ काठमाण्डौ आएका थिए ।
प्रतिक्रिया