पश्चिमाहरूले नेपाललाई उत्तोलक बनाउन सक्ने
काठमाडौ ।चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण पछि अमेरिकी नेतृत्वको पश्चिमा शक्तिहरूलाई नेपाललाई चेपमा फसाउन सक्ने आंशका गरिएको छ ।
शक्ति सम्पन्न राष्ट्रका कुटनीतिक जालझेलबाट सजग नभए नेपाल फस्न सक्ने सम्भावनालाई अनदेखा गर्न नहुने विज्ञहरूको बुझाइ रहेको छ ।
नेपाल भ्रमणको क्रममा चिनियाँ राष्ट्रपति सीले चीन टुक्र्याउन खोज्ने जुन सुकै प्रयासलाई धुलोपिठो पार्ने भनी गरि दिएको चेतावनी पछि अमेरिकी नेतृत्वको शक्ति थप सक्रिय हुने उनीहरूको बुझाइ छ ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक चीन नीतिको विरोधमा हुने कुनै पनि गतिविधिलाई नेपालले छुट नदिने बताउँदै बताएको बेला सीले यस्तो जनाएका थिए ।
सिचुवान युनिभर्सिटीका दक्षिण एसिया मामिला चीन अध्ययन केन्द्रका प्रोफेसर दाइ योङहोङले सीको यो चेतावनी तिब्बती पृथक्कतावादी मात्रै नभएर ताइवान र हङकङ समेतलाई भएको जनाएका छन् ।
चीनको तिब्बत स्वाशासित क्षेत्र र भारतबीच नेपालको विशेष भूरणनीतिक अवस्थितिका कारण अमेरिकी नेतृत्वको पश्चिमाहरूले अमेरिकाको इन्डो प्यासिफिक स्ट्रेटजीमा नेपालले उत्तोलकको काम गरोस भन्ने गरी लबिङ गर्न सक्ने दाइले बताएका छन् ।
तर नेपाल भ्रमणका क्रममा दुई देशका नेताहरूले व्यक्त गरेका अभिव्यिक्तिहरूले नेपालको भूरणनीति महत्वको शोषण नगर्न चेताएको देखिएको छ ।
२३ वर्ष यता पहिलो चिनियाँ राष्ट्रपतिको औपचारिक नेपाल भ्रमणको रूपमा सीको यो भ्रमण भएको हो ।
शनिबार आएर आइतबार फर्किन अघि दर्जन बढी सम्झौता गरी सी फर्केका हुन् ।
प्रतिक्रिया