फौजदारी अभियोगमा पक्राउ कांग्रेस सांसद मोहम्मद अफ्ताबको सेवासुविधा रोक्का
काठमाडौं २७ असोज । फौजादारी अभियोगमा पक्राउ परेका रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहम्मद अफ्ताब आलमको सेवासुविधा र पारिश्रमिक रोक्का भएको छ ।
कांग्रेस सांसद आलम पक्राउबारे सोमबार संघीय संसद सचिवालयले सूचना जारी गरेको छ ।
आलम आइतबार आफ्नै गृहजिल्ला रौतहटबाट पक्राउ परेका थिए । सूचना प्रकाशन भएपछि उनले सांसदका रुपमा पाउँदै आएको पारिश्रमिक, सेवा र सुविधा स्थगन हुने कानुनी व्यवस्था छ । आलम जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा छन् ।
प्रतिक्रिया