भारतमा नेपाल भएर चिनियाँ सामानको बाढी आउने चिन्ता

भारतमा नेपाल भएर चिनियाँ सामानको बाढी आउने चिन्ता

काठमाडौ । काठमाडौ केरूङ सडक यतायात द्रुतगतिमा क्रियाशील भए भारतमा नेपाल भएर चिनियाँ सामानको बाढी आउने चिन्ता बढेको पाइएको छ ।

भारतले नेपाललगाययतका छिमेकीसँगको सम्बन्धलाई समानताका आधारमा विस्तार गर्नुपर्ने जनाउँदै भारतीय पक्षले द बेल्ट एन्ड रोड अन्तर्गत काठमाडौ केरूङ सडक र रेल मार्गको सम्भाव्यता अध्ययन चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणको क्रममा भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले विचार पृष्ठको सम्पादकीयमा यस्तो उल्लेख गरेको छ ।

केरूङ काठमाडौले नेपालको पहुँच चिनियाँ अर्थतन्त्रसँग कायम गराउनेछ ।

केही परिमाणमा भएपनि यो बाटोले नेपाल भएर चिनियाँ सामानको बाढी भारतमा आउने सम्भावना रहेको छ ।

हात लागी शुन्य हुने कुनै पनि खेल विदेश नीतिको यथार्थमा हुँदैन ।

भारतको सुरक्षालाई सिमित गर्ने प्रिज्मबाट आफ्ना छिमेकीहरूसँगको सम्बन्धलाई मात्र हेर्न नहुने बताउँदै भारतले आफ्ना मित्रहरूसँगको मैत्रीपूर्ण सम्बन्धको राम्रो बाटो पत्ता लगाउनुपर्ने आवश्यकता रहेको छ ।

साथै सन् २०१५मा भारतीय पक्षबाट बीरगञ्ज भन्सारमा लगाएको नाकाबन्दीका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग सम्झौता गर्न पुगेका थिए ।

 त्यस यता नेपालसँगको सम्बन्धमा भारत प्रतिको विश्वास फर्काउन नसकिएको देखिएको छ ।

त्यसका लागि  प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको पटक पटक भ्रमण गरिसकेका छन् ।