क्रिकेटको कप्तानबाट पारस खड्काले किन दिए राजीनामा?
काठमाडौं, २८ असोज ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै खड्काले सो कुराको जानकारी दिएका हुन् ।
मंगलबार आफ्नो फेसबुक पेजमा पारसले क्रिकेटको निलम्बन फुकुवा भएकोमा खुसी व्यक्ति गर्दै नयाँ कार्यसमितिलाई नेपालको क्रिकेट, खेलाडी र सरोकारवालाको हितमा काम गर्न शुभकामना दिएका छन् । ‘एउटा नयाँ शुरुवात र प्रतिबद्ध दृष्टिकोणका साथ चिजहरुलाई अगाडि बढाउने नयाँ तरिका चाहिने हुँदा मैले नेपाल क्रिकेट टीमको कप्तान पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले लेखेका छन् ।
यस अवधिभर साथ दिने खेलाडी, कोच, अम्पायर, साथी तथा परिवारप्रति उनले हार्दिक धन्यवाद प्रकट गरेका छन् ।
प्रतिक्रिया