पुटिनका ११ कथनबाट दुनियाँ बुझ्नुस

पुटिनका ११ कथनबाट दुनियाँ बुझ्नुस

लोक लोभ्याउवादी, दम्भी, सर्वसत्तावादी र धूर्तजस्ता उपाधि पाएका विश्वका नेताहरूमा परिचित नेता रूसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई मानिएको छ । रूसी राजनीतिमा पुटिनको उदयपछि पश्चिमा बौद्धिक पर्यवेक्षकहरूले उनलाई यो उपनाम दिएका छन् । राष्ट्रपति पद सम्हाले यता एक अन्तर्वार्तामा उनले अब राजनीतिबाट अलग हुने धारणा व्यक्त गरेका थिए । जे नाम दिए पनि अहिले सर्वाधिक शक्तिशाली व्यक्तिको रूपमा विश्व रङ्गमञ्चमा रहेका व्यक्ति पुटिन होइनन् कसैले भन्न सक्दैन् । उनका ११ महत्वपूर्ण उद्धरण यहाँ प्रस्तुत गरिएको छ । जसले विश्वलाई उनले कसरी बुझिरहेका छन्, त्यसको झलक दिने विश्वास गरिएको छ ।

अमेरिकाबारे उनले जुन २०१६ मा सेन्टपिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरममा भने “संयुक्त राज्य अमेरिका एक महान शक्ति हो । अहिलेको दुनियाँमा सम्भवतः एक्लो सर्वोच्च शक्ति ‘सुपर पावर’ । हामी यसलाई स्वीकार गर्छौ र हामी उनीहरूसँग मिलेर काम गर्न तयार छौं ।

हामीलाई हाम्रा मामिलामा संलग्न भएर उनीहरूले यसो गर उसो गर र हामीसँग सम्बन्ध बढाउन युरोपलाई रोक्ने काम नगरोस भन्ने चाहन्छौं ।”

विदेश मामिलामा रूसी संलग्नताको आरोपबारे सन् २०१७ जुनमा भने “अमेरिकी प्रचारबाजीको निरन्तरता हो तर वषौ वर्षदेखि निरन्तर अमेरिकी गैरसरकारी संस्थाहरूले प्रत्यक्ष रूपमा रकम बाँड्दै आएको काम हस्तक्षेप हुँदैन् ? एउटा ग्लोब लिनुस र यसलाई फन्को मार्न लगाउनुस र केही नसोची तपाईका औंला कुनै ठाउँमा राख्नुस –म ग्यारेन्टी साथ भन्न सक्छु त्यहाँ अमेरिकी स्वार्थहरू छन् र अमेरिकी हस्तक्षेप । अमेरिकीहरू के चाहन्छन् ? उनीहरूका अगाडि सबैले आफ्ना शिर निहुराउन भन्ने चाहन्छन त ? हाम्रा आफ्ना विचार छन् र हामीले यसलाई खुलारूपमा राख्छौं । आवरणभित्रको अन्तध्र्वंसको कुनै स्वरूप यो होइन् ।”

युरोपका बारेमा अक्टोबर सन् २०१६मा रसिया कलिङ्ग इन्भेस्टमेन्ट फोरममा भने “वासिङटनको विदेश विभागको सेवा गर्दा युरोपेली देशहरूलाई के फाइदा हुन्छ झन् आफ्नै आन्तरिक नीतिमा वासिङटनको विदेश विभागको सेवा गर्दा के लाभ हुन्छ ? म विश्वस्त छैन । गम्भीर राजनीतिको उद्देश्य र आफूलाई ठूला शक्ति कहलाउन देशहरूको भूमिको त्यसो भएको हो कि ?”

क्याटालोनियाको स्वतन्त्रता संकटका बारेमा  अक्टोबर सन् २०१७ मा भालदाइ डिस्कसन क्लबमा भने “एक समय युरोपेली युनियनले युरोपका देशहरूको समग्र शृंखलाको ध्वंसलाई स्वागत ग¥यो, त्यतिखेर उनीहरूले धक फुकाएर उल्लास व्यक्त गरे । उनीहरूले अल्पकालीन स्वार्थ र वासिङटनमा बसेका ठूल्दाइलाई खुशी तुल्याउने गरी निशर्त कोसोभ टुक्र्याउन समर्थन दिन्छन् र यस्तै महादेश टुक्र्याउने खोलमा भित्र र बाहिर खेल्ने गरी किन यस्तो विचारहीन सोचाई सोच्नुपर्छ ?”

नाटोका बारेमा ओलिभर स्टोनलाई जुन सन् २०१७मा दिएको अन्तर्वार्तामा भने “सोभियत संघ छैन्, पूर्वी ब्लक पनि छैन् । मेरो दृष्टिकोणमा नेटोको आवश्यकता बाह्य शत्रुका लागि न्यायपूर्ण हुन्छ । त्यसैले यस्तो शक्तिको आवश्यकता निरन्तर छ ।... तर यो अमेरिकाको विदेश नीतिका लागि एक औजार हो । यसमा कुनै साझेदार छैन् ।

मध्यपूर्वका बारेमा भालदाई डिस्कसन क्लबमा अक्टोबर २०१७ मा भने “यो क्षेत्रलाई पुनर्सरचना गर्ने, नयाँ नमूना बाहिरबाट थोपर्ने यो काम यस क्षेत्रका शासन परिवर्तन गरी होस वा बाहिरिया बल लगाएर होस यस्तो प्रयास भइरहेको छ । 
उग्रपन्थीहरूसँगको लडाईंको साटो हाम्रा सहकर्मीहरूसँग लडेर त्यहाँ स्थायीरूपमा अराजकता निम्त्याउन खोजिएको छ ।”

उत्तर कोरियाको बारेमा भालदाई डिस्कसन क्लब अक्टोबर २०१७मा भने “निसन्देह हामी उत्तर कोरियाली परमाणु परीक्षणको भत्र्सना गछौं र बिना कुनै अपवाद संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का समाधान ‘रिसल्युसन’ लागू गर्न चाहन्छौं । तर यसको समाधानका लागि तपाईलाई संवाद गर्नैपर्छ उत्तर कोरियालाई सैनिक तागत देखाएर कुनामा घचेटेर न त गाली गरेर समस्याको समाधान हुन्छ चाहे तपाईलाई पोङ्याङको शासकलाई मन पराउनुस वा घृणा गर्नुस तपाईले कोरिया एक सार्वभौम देशको रूपमा सम्मान गर्नैपर्छ ।”

युक्रेनमा भिक्टोर यानुकोभिचको पतनका मार्च सन् २०१४ बारेमा नोभो ओगारेभोमा भने “किभमा के भयो एक शस्त्र एवम् निशर्त सत्ता कब्जा वा सत्ता पलट हो । कोही यसमा बहस गरिरहेका छैनन् । 

सवाल यस्तो भइरहनुपर्ने आवश्यकता किन आइपर्छ ? भिक्टोर यानुकोभिचले आफैले सत्ता त्यागेका हुन् र निर्वाचनको कुनै सम्भावना छैन् । देशलाई आराजकतामा किन जान दिने ? सत्ताका लागि प्रदर्शन भएजस्तो गरी ? यो मूर्खपूर्ण निर्णय थियो र यसका प्रतिकूल असर थियो । मलाई विश्वास छ यी कार्यहरूले देशका पूर्वमा स्थितिलाई खल्बल्यायो ।”

किभको सरकारका बारेमा ह्याम्बर्गमा आयोजित जी २० को शिखर सम्मेलनमा जुन २०१७ भने “ रसियन र युक्रेनका जनताका स्वार्थहरू उही छन् । जे फरक छन् त्यो युक्रेनको सरकार र त्यहाँका घरानियाहरूको छ । ...उनीहरूसँग अन्तर्राष्ट्रिय खपतका लागि एक मात्र बाँकी असल निर्यात गर्ने विषय भनेको –रूसको भय ‘रसोफोबिया’ हो । दुई देशबीचको राजनीतिक विभाजन । पश्चिममा केहीको बुझाइमा यी दुबै कहिल्यै सहयोगी हुनेछैन् भन्ने हो  त्यसैले युक्रेनले सफलतापूर्वक यो विचारलाई निर्यात गरिरहेको छ ।”

राजनीतिक प्रणालीमा रूसको बारेमा उनले ओलिभर स्टोनको अन्तर्वार्तामा जुन २०१७ मा भने “सोभियत संघसम्म आउँदा राजतन्त्रको विरासत थियो जसको आधारमा परिवर्तन भइरहेको छ । सन् १९९० को शुरूवातमा मात्र घटनाहरू घटेर गए जसले रूसी विकासको नयाँ चरणको शिलान्यास ग¥यो । निश्चित रूपमै तपाईले कल्पना गर्न सक्नु हुन्न हामीले अमेरिका, जर्मनी , फ्रान्समा रहेजस्तै  सरकारको मोडल र संरचना पाएका छौं । समाजका हरेक जीवित अंगले मौलिक रूपमा एकपछि अर्को गरी विकास गर्नुपर्छ । त्यो सामान्य विकास प्रक्रिया हो ।”

विश्वमा रूसको भूमिका बारेमा सन् २००७ मा म्युनिखमा गरेको सम्बोधनमा भने “एक हजार वर्षको इतिहास बोकेको देश रूस हो र सार्वभौम विदेश नीतिको उपभोग सदैव गर्दै आएको देश रूस हो ।  हामी यो परम्परालाई आज घात गरिरहेका छैनौं । 

ठीक यही बेला हामीले विश्व कसरी बदलिरहेको छ र हामीसँग हाम्रा अवसर र सम्भावनाहरूको एक यथार्थवादी बुझाइ छ । केही छानिएका मुट्ठीभरका लागि होइन सबैका लागि विश्व सुरक्षित एवं सम्पन्न बनाउन  एक न्यायपूर्ण लोकतान्त्रिक विश्व व्यवस्थाको निर्माण गर्न मिलेर काम गर्ने हाम्रा जिम्मेवार एवं स्वतन्त्र साझेदारसँग अन्तक्र्रिया गर्न चाहन्छौ ।