भृकुटीमण्डपमा नेकपाको चियापान (फोटोफिचर)

भृकुटीमण्डपमा नेकपाको चियापान (फोटोफिचर)

काठमाडौं, २९ असोज । सत्तरुढ नेकपाले हरेक वर्ष जस्तो यस वर्ष पनि दशैँ, तिहार, छठ, नेपाल सम्वत लगायतका पर्वहरुको सन्दर्भ पारेर आज चियापान कार्यक्रमको आयोजना गरेको छ ।

चियापान कार्यक्रम काठमाडौंको भृकुटीमण्डमा बुधबार आयोजना भएको हो । दिउँस १२ बजेदेखि सुरु भएको चियापान साँझ पाँच बजेसम्म जारी हुने जनाइएको छ । 

चियापान कार्यक्रममा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड, सचिवालय सदस्यहरु, पार्टीका भातृसंस्थाका नेता तथा कार्यकर्ताहरु, शुभचिन्तकहरु, बिभिन्न राजनीतिक दलका नेता, कुटनीति नियोगका पदाधिकारीहरु, सुरक्षाकर्मीहरु, पत्रकारलगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपस्थिती रहेको छ । हेरौँ चियापान कार्यक्रम स्थलका तस्वीरहरु: