ज्ञानेन्द्रलाई बाबुरामको चुनौतीः हिम्मत भए पार्टी खोलेर चुनाव लड, पारस र हिमानीलाई पनि उठाए हुन्छ
गोरखा, ३० असोज । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराइले पूर्वराजा ज्ञानेन्द्र शाहलाई हिम्मत भए पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन् ।
पूर्व राजा ज्ञानेन्द्रलाइ मेरो पद आवश्यक छ भन्ने लाग्छ भने पार्टी खोलेर चुनाव लडे हुन्छ, पारस र हिमानीलाइ पनि उठाए हुन्छ’ बिहीबार गृहजिल्ला आईपुगेका भट्टराईले भने,‘ जनताले चुनाव जिताए भने देश चलाए हुन्छ हामीलाई त्यसमा कुनै आपत्ति छैन ।’
नेता भट्टराईले नेपालमा अब राजतन्त्र फर्कने सम्भावना नरहेको भन्दै मुलुक लोकतान्त्रिक गणतन्त्रको यात्रामा अघि बढिसकेकोले यसबाट पछि फर्कन नसक्ने दोहोर्याए ।
प्रतिक्रिया