विकास र समृद्धिको मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति छः गृहमन्त्री बादल
चितवन, ३० असोज । गृहमन्त्री रामबहादुर थापा बादलले विकास र समृद्धिका मार्गमा अप्ठ्यारो पार्ने प्रवृत्ति समाजमा रहेको बताएका छन् ।
सत्तारुढ नेकपाले चितवनमा बिहीबार विभिन्न पर्वका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने “उनीहरुका विरुद्ध सङ्घर्ष गर्न सबै एकजुट हुन जरुरी छ ।” सरकारले नयाँ लक्ष्यप्राप्तिका लागि नयाँ ढङ्गले अभियान सञ्चालन गरेको भन्दै मन्त्री बादलले नेपाललाई नयाँ उचाइमा पुर्याउन एकताबद्ध गराउन सहकार्य आवश्यक रहेको बताए ।
सो अवसरमा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले हिजो क्रान्तिको च्याम्पियन कम्युनिष्ट पार्टी अब देश विकासको च्याम्पियन हुनुपर्ने बताए ।
प्रतिक्रिया