अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा ६२ जनाको मृत्यु
कात्तिक २ । अफगानिस्तानका एकजना प्रान्तीय प्रवक्ताले एउटा मस्जिदमा भएको विस्फोटनमा कम्तीमा ६२ जनाको मृत्यु भएको बताएका छन् ।
मस्जिदको छत नै खस्नेगरी देशको पूर्वमा पर्ने नन्गाहरमा भएको उक्त विस्फोटमा कैयौँ घाइते भएका छन् ।
उक्त हमला कसले गरेको भन्ने अझै स्पष्ट भएको छैन ।तर उक्त क्षेत्रमा तालिबान र इस्लामिक स्टेट दुवै समूह सक्रिय छन्।
संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हिंसाको स्तर अस्वीकार्य भएको जनाएको भोलिपल्ट यो विस्फोट भएको हो ।
राष्ट्रसङ्घका अनुसार जुलाई र सेप्टेम्बरको बीचमा अफगानिस्तानमा ज्यान गुमाउने गैरसैनिकको सङ्ख्या ११ सय ७४ थियो ।
जुलाई एक दशकयताकै सबैभन्दा खतरनाक महिना बनेको थियो । बीबीसी
प्रतिक्रिया