‘फ्लु’को विश्वव्यापी खोप बनाउँदै वैज्ञानिक

‘फ्लु’को विश्वव्यापी खोप बनाउँदै वैज्ञानिक

काठमाडौ । वैज्ञानिकहरूले रूघा वा फ्लुको रोकथामका लागि विश्वव्यापी खोप बनाउन थालेका छन् ।

एउटै खोपले सबै फ्लुको रोकथामको लागि असरदार हुने वैज्ञानिकहरूको विश्वास छ ।

फ्लुलाई नै इन्फ्लुएन्जा भनिन्छ । विश्वमा सबैभन्दा तीव्रगतिमा सर्ने सरूवा रोग मध्येको एक फ्लु हो ।

तनाव दुईटा भाइरसहरू रहेका छन् ।

इन्फ्लुएन्जा भाइरस स्ट्रेन ए र स्ट्रेन बी फ्लुका जिम्मेवार भाइरसहरू छन् ।

सन् २०१० यता अमेरिकामा मात्रै फ्लुको विरामी ९३लाखबाट बढेर ४ करोड ९०लाख पुगेको त्यहाँको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ ।

विभिन्न किसिमका भाइरल स्ट्रेनहरू हुन्छन् । हरेक स्ट्रेनका विभिन्न उपप्रकारहरू छन् । डाक्टरलाई सही खोप दिनुपर्ने आवश्यकता हुन्छ ।

त्यसैले अहिलेसम्म वैश्विक खोप बन्न सकेको छैन् ।

तर अनुसन्धानकर्ताहरूले यस्तो वैश्विक खोपको विकास गरिरहेका छन् ।

न्यूयोर्क सिटीमा रहेको माउन्ट सिनाइस्थित आकान स्कूल अफ मेडिसिनका अनुसन्धानकर्ताहरूको एक टोलीले यो विषयमा काम गरिरहेका छन् ।

उनीहरूले भविष्यमा खोप बनाउन सक्ने अध्ययन पत्र ‘द लान्सेट इन्फेक्सस डिजिज’मा प्रकाशित भएको छ ।

प्रोफेसर पीटर पालेसे र प्रोफेसर फ्लोरियन क्रामरले अगुवाइ गरेको यो अनुसन्धानले हेमागग्लुटिनिन नामक प्रोटिनतर्फ अध्ययन केन्द्रित गरेको छ ।

यो प्रोटिन फ्लु ल्याउने भाइरसको सतहमा हुन्छ ।

यसले उनीहरूलाई संक्रमणको दिशा निर्देश गर्छ ।

हेमागग्लुटिनिनको दुई भाग छन् ।

एकलाई ‘हेड’ भनिन्छ । यो स्ट्रेन देखि स्ट्रेनबीचको भिन्नता दर्शाउँछ । अर्को भाग ‘स्टोक’ हो । यो भाइरल स्ट्रेनमा कम फरक हुन्छ ।

वैज्ञानिकहरूले कम विविधता भएको हेमागग्लुटिनिनको स्टोकको प्रयोग गरी खोप बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

अनुसन्धानकर्ताहरूले यसका लागि अध्ययन गर्न  द बिल एन्ड मिलिन्डा गेट्स फाउन्डेसन र ग्लाक्सोस्मिथक्लाइनले अनुदानको ग्यारन्टी गरेको जनाएका छन् ।

यसका लागि अझ वित्तीय सहयोग नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सिस डिजिजबाट उपलब्ध भएको