महरालाई अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप्दै
काठमाडौं, ३ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अनुसन्धान गर्न प्रहरीले आज फेरि म्याद थप गर्ने भएको छ ।
अनुसन्धान नसकिएकाले महरालाई आइतबार दिउँसो जिल्ला अदालत काठमाडौंमा लगेर म्याद थप गरिने काठमाडौं प्रहरी प्रमुख उत्तमराज सुवेदीले बताए । यसअघि प्रहरीले तीन दिन म्याद थपेको थियो । तर, अनुसन्धान पूरा गर्न प्रहरीले सकेको छैन ।
अघिल्लो पटक तीन दिन म्याद थप भए पनि महराले बयान दिन नमानेपछि प्रहरीले अनुसन्धान पूरा गर्न सकेको छैन । म्याद थपिएपछि फेरि बयान लिन प्रयास गर्ने र अनुसन्धानलाई अन्तिम चरणमा पुर्याउने प्रहरी अधिकारीहरुले बताएका छन् ।
प्रतिक्रिया