अन्तरिक्षजन्तुले प्रयोग गर्ने धातुको अमेरिकी सेनाले व्याख्या गर्ने सम्झौता
काठमाडौ । अन्तरिक्ष जन्तुले प्रयोग गर्ने धातुको अमेरिकी सेनाले व्याख्या गर्ने सम्झौता गरेको छ ।
ताराको कला र विज्ञानसम्बन्धी अध्ययन गर्ने प्रतिष्ठान ‘टु द स्टार्स एकेडमी अफ आटर््स एन्ड साइन्स’ र अमेरिकी सेनाबीच अन्तरिक्ष जन्तु (युएफओ)बारे अनुसन्धानकर्ताहरूको समूहले दाबी गरे अनुसार व्याख्या नगरिएका धातु र प्राविधिक नवपर्वतनहरूका बारेमा पुष्टि गर्ने विषयमा भएको नयाँ सम्झौता सार्वजनिक भएको छ ।
ब्लिन्क १८२का पूर्व गिटारिस्ट टम डेलोङको स्वामित्वमा रहेका समूहसँग अमेरिकी सेनाको हालको सम्झौताले ध्यान तानेको छ ।
समूहले रहस्यमय धातु भएको दाबी गरेको छ । उनीहरूका अनुसार हालका इन्जिनियरिङ प्रविधिले त्यो धातुको व्याख्या गर्न नसकेको हो ।
यससम्बन्धी नयाँ दस्तावेजका आधारमा अमेरिकी सेनाले टु द स्टार्स एकेडमी अफ आर्ट्स एन्ड साइन्सले गरेको दाबीको पुष्टि गर्न खोजेको द वार जोन वेबसाइटले जनाएको छ ।
“टु द स्टार्स एकेडमी अफ आर्टस एन्ड साइन्स नामको कम्पनीले वस्तु तथा प्रविधि नवपर्वतनहरूका लागि काम गर्छ ।
यसले सेनाका वाहनहरू बनाउन क्षमता उपलब्ध गराउँछ ।” दस्तावेजमा उल्लेख गरिएको छ ।
दस्तावेजका आधारमा यो सम्झौता सेप्टेम्बर २०२३मा समाप्त हुनेछ ।
यो विषयमा आम मानिसलाई जानकारी गराउने हो वा होइन त्यसबारे दस्तावेजले केही जनाएको छैन् ।
प्रतिक्रिया