सौर्य परिवारमा नयाँ चन्द्रमा फेला

सौर्य परिवारमा नयाँ चन्द्रमा फेला

 

वैज्ञानिकहरूले हाम्रो सौरपरिवारमा अहिलेसम्म ओझेलमा रहेको एक नयाँ चन्द्रमा फेला परेका हुन् । यसलाई हिप्पोक्याम्प नाम दिइएको छ । यो चन्द्रमा नेपाली समाजमा बरूण ग्रहले चिनिने नेप्च्युन वरिपरि घुमिरहेको पाइएको छ । 

भोयजर २ अन्तरिक्ष यान सन् १९८९ मा गएको थियो । यसले ६ साना चन्द्रमा नेप्च्युनलाई परिक्रमा गरिहेको पाएको थियो । तर यो नयाँ चन्द्रमा हो । 

सन् २००४ मा लिइएको तस्विरमा हिप्पोक्याम्प देखिए पनि त्यतिखेर ओझेलमा परेको थियो । नेप्च्युनलाई समुद्रको देवता ग्रीक धर्मग्रन्थमा भनिएकाले नयाँ चन्द्रमाको नाम जलप्रणाली हिप्पोक्याम्प दिइएको हो । यो चन्द्रमा आकारमा सानो छ । यो ३४ किलोमिटर लामो भएको अनुमान गरिएको छ ।