भारतले नेपालको स्थान खुम्च्याउन लगायो यस्तो आरोप ?
काठमाडौ । भारतले नेपाल र बंगलादेशमाथि आतंकवादलाई सघाउन खोजेको आरोप बारे कुटनीतिज्ञहरूले चिन्ता व्यक्त गर्न थालेका छन् ।
भारतीय नियोगहरूले नेपालस्थित पाकिस्तानी दूतावासले भारत विरोधी गतिविधि गरिरहेको जनाएका छन् ।
जम्मू–कश्मिरसम्बन्धी अनुच्छेद ३७० हटाए यता बंगलादेशको राजधानी ढाका र काठमाडौस्थित पाकिस्तानी दूतावासको उपयोग गरी पाकिस्तानी गुप्तचर संस्था आइएसआइले भारत विरोधी गतिविधि गरिरहेको समाचार दैनिक भाष्कर लगायतकाले उल्लेख गरेका छन् ।
ढाका र काठमाडौस्थित दूतावासमा पाकिस्तानका दुई सैनिक अधिकारीले कूटनीतिक सम्बन्धको दुरूपयोग गरिरहेको र भारतीय जाली नोटको तस्करीमा समेत संलग्न रहेको आरोप लगाइएको छ ।
भारत विरोधी गतिविधिहरूमा सक्रिय रहेको भारतका गुप्तचर समूहले पर्याप्त सबूत प्राप्त गरेको छ ।
नेपालमा भारत विरोधी गतिविधिमा काठमाडौस्थित पाकिस्तानका राजदूत मजहर जावेदको भूमिका शंकास्पद रहेको जनाइएको छ ।
जावेदले २७ सेप्टेम्बरमा काठमाडौकोे महाराजगञ्जस्थित दूतावासमा नेपालका मानवअधिकारकर्मीहरूको सहभागीतामा बैठक गरेको उल्लेख छ ।
यसैगरी ढाकास्थित पाकिस्तानको उच्चायोगमा रक्षा सलाहकार ब्रिगेडियर कामरान नजीर मलिकले ढाकास्थित जेहादी नेताहरूको गुप्त बैठक गरेको उल्लेख छ ।
भारतले दुबै देशको सीमामा सुरक्षाबल तैनाथ गरी सतर्क रहने आदेश दिएको छ ।
नेपाल र बंगलादेशमाथि यसरी आरोप लगाउनुको पछाडि भारतले कुनै ठूलो कुटनीतिक स्वार्थ पूरा गर्न खोजेको देखिएको विज्ञहरूको बुझाइ रहेको छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङको औपचारिक भ्रमणबाट नेपाललाई प्राप्त भएको अन्तर्राष्ट्रिय मञ्चको स्थान खुम्च्याउन यो आरोप लगाइएको हुन सक्ने उनीहरूको बुझाइ छ ।
प्रतिक्रिया