पैसा छाप्ने मेसिनसहित तीन जना बौद्धबाट पक्राउ

पैसा छाप्ने मेसिनसहित तीन जना बौद्धबाट पक्राउ

काठमाण्डौ, ४ कात्तिक । काठमाण्डौको बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् ।  सोमबार बिहान बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने खुलाइएको छैन ।

पक्राउ परेकाको साथबाट  ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाण्डौ प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।