चिनियाँ समाचार संस्थाले विश्वकै पहिलो एआई समाचार वाचिका सार्वजनिक ग¥यो

चिनियाँ समाचार संस्थाले विश्वकै पहिलो एआई समाचार वाचिका सार्वजनिक ग¥यो

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेनस–एआई) समाचार वाचिका सार्वजनिक गरेको छ । कम्प्युटरबाट उत्पादित यो पत्रकारले सिन्ह्वासँग रहेको एआई समाचार बाचकसँग मिलेर काम गर्ने जनाइएको छ । यी एआई पत्रकारहरूलाई राजनीतिक बैठकहरूमा सहभागी गराइनेछ ।

सिन्ह्वाले विकास गरेको यो अवास्तविक संवाददाता (भर्चुअल रिपोटर)को नाम सिन सियओमेङ राखिएको छ । सिन्ह्वाले सिनलाई सर्च इन्जिन कम्पनी सोगउको सहयोगमा बनाएको हो । 
यसका विकासकर्ताहरू (डिभलपर) ले महिलाको सुहाउँदो बोलीचाली र आचार व्यवहारको विकास गरे । उनले समचार पढेको भिडियो मंगलबार पहिलो पटक सार्वजनिक गरियो ।

आँखा झिम्काउने र हातहरूलाई समायोजन गरी समाचार पढ्ने महिला एङ्कर जस्तो बानी भएको एङ्करको रूपमा सिनलाई विकास गरिएको हो ।

गत वर्ष नोभेम्बरमा दुईटा एआई समाचार बाचक चिनियाँ समाचार संस्थाले सार्वजनिक गरेको थियो । एक समाचार बाचकले अंग्रेजीमा बोल्ने गरेको थियो भने अर्को चिनियाँ भाषामा समाचार पढ्ने एआई समाचार बाचक थिए ।

यी एआई पत्रकारहरूले यसको औपचारिक वेबसाइटमा र विभिन्न सामाजिक मिडियामा २४ सै घन्टा काम गर्ने सिन्ह्वाले जनायो । 

क्यामराका अगाडि उभिएर सिनले समाचार पढ्ने गरेकी छिन् । समाचार पढ्ने पत्रकार आएपछि पत्रकारहरूको रोजीरोटी गुम्ने खतरा उत्पन्न भएको छ । तर यी एङ्करहरूका लागि समाचार पढ्ने स्क्रिप्ट भने मानव लेखक र सम्पादकले बनाएर दिनुपर्नेछ ।