विज्ञान प्रविधि विज्ञलाई गाउँ पठाऔं

विज्ञान प्रविधि विज्ञलाई गाउँ पठाऔं

काठमाडौ । तेस्रो मुुलुकका देशहरूका लागि विज्ञान प्रविधिका विज्ञहरूलाई ग्रामिण क्षेत्रमा पठाउनुपर्ने आवश्यकता औंल्याइएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङदले विज्ञान प्रविधिका विज्ञहरूलाई गाउँ पठाउनुपर्ने निर्देश दिएका छन् ।

विज्ञान प्रविधि प्रणालीको कार्यान्वयनको २०औं वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्रपति सीले यस्तो बताएका हुन् ।

यो प्रणाली अन्तर्गत बढी भन्दा विज्ञान प्रविधि विज्ञलाई कृषि क्षेत्र, गाउँ क्षेत्र र किसानको समस्यामा सहयोग गर्न पठाउँदै गरिएको बताउँदै उनले यस्तो बताएका हुन् ।

उनीहरूले विज्ञान प्रविधिलाई गाउँका किसानहरू माझ लोकप्रिय बनाउँदै पार्टीको नीतिहरूलाई कृषिमा प्रसार गर्न सहयोग गरेका छन् ।

गाउँ पुगेका विज्ञहरूले त्यहाँको गरिबी हटाउन नवपर्वतन र उद्यमीशीलतालाई अगाडि बढाइएको उनले जनाए ।

किसानहरूलाई सन्तुष्ट र खुशी पार्न  उनीहरूको सहयोगको चर्चा गर्दै सीले विज्ञान प्रवधिका विज्ञहरूको सहयोगबाट हामीले गाउँको पूर्ण क्षमताको विकास गर्न सफल हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा गाउँ क्षेत्रमा कार्य गर्ने ९२ विज्ञान प्रविधि विज्ञको कार्यको सराहना गरिएको थियो ।