व्यवहार नफेरे पश्चिमाहरूले ‘चीन खतरा’ भनिरहन्छन्
काठमाडौ । चीनलाई हटाउन प्रशान्त सागर तटीय क्षेत्रका देशहरू अमेरिकाका पिट्ठू नभएको टिप्पणी गरिएको छ ।
बढदो चिनियाँ प्रभावको बारेमा अमेरिका लगातका पश्चिमा देशहरूले विभिन्न किसिमका आरोप लगाइरहेका बेला वाङ जामेइले यस्तो टिप्पणी गरेका हुन् ।
दक्षिण प्रशान्त सागरका देशहरूसँग मुख्यरूपले चीनको सम्बन्ध बढदै गएको छ । चीनको बढदो प्रभावका बारेमा मात्रै नभएर विभिन्न ठाउँमा बढ्दै गएको चिनियाँ प्रभावका बारेमा यस्ता टिप्पणी गर्दै गएको देखिएको छ ।
यसैबीच चिनियाँ उपप्रधानमन्त्री हु चुनहुआको नेतृत्वमा गएको प्रतिनिधिमण्डल सम्मिलित तेस्रो चीन प्रशान्त द्वीप क्षेत्रका देशहरूको आािर्थक तथा विकास सहयोग मञ्चको सम्मेल्लन सम्पन्न भयो ।
चिनियाँ सहयोगलाई पश्चिमाहरूले ऋणभारको चुकाउन नसकिने संकटको रूपमा व्यक्त गर्ने गरेका छन् ।
अमेरिका भने ऋण भन्दा पनि यस क्षेत्रमा भूराजनीतिक प्रतिस्पर्धाको सघनताले बढी चिन्तित रहेको देखिएको छ ।
यस क्षेत्रमा अमेरिका र अस्ट्रेलियाको पुरानो प्रभाव रही आएको छ ।
तर चीनको उदयले उनीहरूमो प्रभावमा परिवर्तन हुने देखिएको छ ।
वाङका अनुसारले यी देशहरूलाई कसैको विरोधमा सञ्चालन नगर्ने चिनियाँ नीति रहेको भएपनि पश्चिमाहरूले यसमा विश्वास गर्न सकिरहेका छैनन् ।
चीनको यी देशसँग दुई पक्षीय व्यापार र कुटनीतिक सम्बन्धको अवस्थामा बृद्धि भइरहेको छ ।
यी देशहरूसँगको व्यापार सन् २०१८मा ४.३ अर्ब अमेरिकी डलर बढी पुगेको थियो ।
यो सन् २०१७को भन्दा २५ प्रतिशतले बढेको देखियो ।
चीनको लगानी यी टापूका देशहरूमा गत वर्षको तुलनामा वृद्धि भइ ४.५३ अर्ब अमेरिकी डलर बराबर पुग्यो ।
सन् २०१३को तुलनामा यो धेरै ठूलो फड्को हो ।
त्यतिखेर ९० करोड अमेरिकी डलरको लगानी मात्र थियो ।
पश्चिमाहरूले दक्षिणी प्रशान्त क्षेत्रका देशहरूसँगको सम्बन्धमा सुधार ल्याउन नसके उनीहरूलाई चीनसँगको सम्बन्ध गहिरो बनाउन रोक्न नसक्ने देखिएको छ ।
पश्चिमाहरूले ‘चीनको खतरा’ ‘चीनको खतरा’ भनिरहन्छन् ।
प्रतिक्रिया