विप्लव समूहका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पक्राउ

 विप्लव समूहका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनी चितवनबाट पक्राउ

चितवन, ५ कात्तिक । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव० समूहका पूर्व केन्द्रीय सदस्य गुणराज लोहनीलाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयले लोहनीलाई मंगलबार बिहान भरतपुर महानगरपालिका–११ बसेनीस्थित घरबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका लोहनीलाई प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दानबहादुर मल्लले जानकारी दिए । लोहनी यो समूहद्वारा सञ्चालित रातो खबरका पूर्व सञ्चालकसमेत हुन् ।