‘देश अनुसारको भेष बदल्दै’ कर्णाली छिरे बाबुराम

‘देश अनुसारको भेष बदल्दै’ कर्णाली छिरे बाबुराम

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई यतिबेला देश दौडाहा अन्तर्गत मेची महाकाली अभियानमा छन् । देश दौडाहाको क्रममा पत्नी हिसिला यमीले पनि उनको साथ छोडेकी छैनन् । त्यसो त दश वर्षे जनयुद्धका क्रममा पनि यी दम्पत्ती सँगै थिए ।

मिडियामा चर्चामा आइरहन बाबुराम कम्ता फण्डा गर्दैनन् । यतिबेला चर्चा कमाउने भट्टराईको अर्को नयाँ जुक्ति बनेको छ दौरा, सुरुवाल, कोट र ढाका टोपी पहिरन । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा दौरा, सुरुवाल, कोट र ढाका टोपी पहिरिएको फोटो पोष्ट गरेका बाबुरामले देश अनुसारको भेष अनुशरण गरेको उल्लेख गरेका छन् ।

बाबुरामले आफू जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरेको सन्देश दिएका छन् । हेरौँ, जीवनमै पहिलो पटक लगाएको दौरा सुरुवालले उनले देखेको पहिचान र समृद्ध नेपालको सपना साकार पार्ला कि जनतामा ‘इमोशनल ब्लाकमेलिङ’ गरेर मतदानबाट नयाँ ढंगले सत्तारोहण गर्लान ? राजधानीमा नयाँ चर्चा चलेको छ । जे होस, कर्णालीको मुख्य पहिचानको पहिरन पहिरिएर बाबुराम भट्टराईले राम्रै गरेको भनेर मुलतः टिप्पणी चलेको छ ।