सरकारी बैंकलाई निजीकरण गर्नुपर्ने पक्षमा रहेकाले बनर्जीलाई नोबेल पुरस्कार
काठमाडौ । सरकारी बैंकलाई निजीकरण गर्नुपर्ने पक्षमा भारतका अर्थशस्त्री अभिजीत बनर्जी रहेकाले नोबेल पुरस्कार दिइएको कतिपयको बुझाइ रहेको देखिएको छ ।
यो वर्ष तीन जना अर्थशास्त्रीलाई संयुक्तरूपमा दिइएको नोबेल पुरस्कार पाउने बनर्जीलाई गरिबी घटाउने व्यवहारिक उपाय दिएकालाई दिइएको भनिएपनि मूलरूपमा उनी सरकारी बैंकलाई निजीकरण गर्नुपर्ने पक्षका पक्षपाती रहेकाले दिइएको देखिएको छ ।
सरकारी बैंकलाई निजीकरण गर्नुपर्ने विचारसँग भारतको कांग्रेस पार्टीका एक नेता जयराम रामेशले आफू असहमत रहेको जनाएका छन् ।
कांग्रेस नेता रामेशले बनर्जीले भारत सरकारलाई देशमा बैंकिंग संकटबाट मुक्ति पाउन सार्वजनिक क्षेत्रका बैंकहरूलाई निजीकरण गर्नुपर्ने दिएको सुझाउको आफू विरोधमा रहेको जनाएका हुन् ।
भारतको बैंकिंग संकटलाई भयावह बताउँदै बनर्जीले यसको समाधानको रूपमा सरकारी बैंकमा रहेको सरकारी हिस्सा ५० प्रतिशत मुनि गर्नुपर्ने सुझाउ दिएका छन् ।
बनर्जीले “ सरकारले सार्वजनिक क्षेत्रका बैंकहरूमा आफ्नो हिस्सा ५० प्रतिशत भन्दा कम गर्नुपर्ने छ । यसबाट ती बैंकहरू बैंक केन्द्रीय सतर्कता आयोगका दायरा भन्दा बाहिर हुनेछन् ।”
बनर्जीको यो भनाइ प्रति विरोध जनाउँदै कांग्रेस नेता रामेशले ट्विट गरे ।
उनले भने “ म अभिजीत बनर्जीको बौद्धिक कौशलप्रति सशक्तरूपमा असहमत छुँ । ”
बनर्जीले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरी बैंकिंग क्षेत्रको विषयमा सुझाउ दिएका थिए ।
प्रतिक्रिया