मुटु र मगजको स्वास्थ्य दुबैलाई कसले असर पार्छ ?

मुटु र मगजको स्वास्थ्य दुबैलाई कसले असर पार्छ ?

काठमाडौ । मुटु (कार्डियोभस्कुलर)र मगजको स्वास्थ्यको (ब्रेन हेल्थ)सम्बन्ध एक अर्काको स्वास्थ्यसँग सम्बन्धित रहेको अध्ययनहरूले  जनाएका छन् ।

तर दुबैलाई कसले प्रभावित गर्छ त्यो भन्ने यकिन हुन बाँकी रहेको वैज्ञानिकहरूले बताएका छन् ।

यो दुबैलाई अनवांशिक( जेनेटिक) वा वातावरणीय तत्वले असर पार्छ त्यसबारे ठोस यकिन हुन नसकेको हो ।

मटुको कमजोर स्वास्थ्यले उमेरमा डाइमेन्सिय जस्ता मानसिक रोग निम्त्याउने गरेको अध्ययनबाट देखा परेको छ ।

मुटुको स्वास्थ्य कमजोर हुनेको सिक्ने संज्ञान प्रक्रिया पनि कमजोर हुन पुगेको देखिएको छ ।

मुटुको समस्यालाई समाधान गर्न सकिन्छ ।

अमेरिकाका एक डाक्टर अम्बर कुलश्रेष्ठका अनुसार  मुटुको समस्याले हुने मानिसक रोगमा सुधार गर्न सकिने अवस्था रहेको छ ।