जनकपुरमा गोली प्रहार, एकको मृत्यु 

जनकपुरमा गोली प्रहार, एकको मृत्यु 

जनकपुर, ६ कात्तिक । जनकपुरमा गोली प्रहारबाट व्यवसायी मनोज साहको हत्या भएको छ । जनकपुर उपमहानगरपालिकाका ४० वर्षीय साहको स्थानीय शंकर चौधरीले गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

साह जनकपुरको शिव पेट्रोल पम्पका सञ्चालक हुन् । गोली प्रहार गर्ने चौधरीलाई प्रहरीले पक्रेको छ ।

ठेक्का पट्टामा संलग्न दुईबीच कारोबार नमिल्दा घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।