काठमाडौंमा विद्यालयको छानो खस्दा ३९ विद्यार्थी घाइते
काठमाडौं, ६ कात्तिक । तारकेश्वर नगरपालिकामा एक विद्यालयको छानो खस्दा ३९ जना विद्यार्थी घाइते भएका छन् ।
तारकेश्वर ३ मा रहेको जितपुर फेदीमाको विद्याकुञ्ज सेकेन्डरी बोर्डिङ स्कुलको छाना बुधबार खस्दा ती विद्यार्थी घाइते भएका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीका अनुसार घाइते सबै विद्यार्थी उद्धार भइसकेको र उनीहरुको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया