ब्लड प्रेसरको चक्की सुत्ने बेला लिनु मुटुका लागि राम्रो

ब्लड प्रेसरको चक्की सुत्ने बेला लिनु मुटुका लागि राम्रो

काठमाडौ । ब्लड प्रेसरको चक्की सुत्ने बेला लिनु मुटुको स्वास्थ्यको लागि राम्रो हुने अध्ययनले देखिएको छ ।

हाइपरटेन्सन भएका मानिसलाई ब्लड प्रेसरको औषधि बिहान भन्दा सुत्ने बेला लिनु राम्रो भएको नया अनुसन्धानमा देखिएको हो ।

सुत्ने बेला चक्की लिँदा  रक्तचापलाई नियन्त्रण मात्र नगर्ने भइ यसले ह्दयघात वा मुटुको समस्याबाट हुने मृत्युको जोखिम पनि कम हुने गरेको पाइएको छ ।

हिजिया क्रोनोथेरापी ट्रायलको डेटा विश्लेषणबाट यो अध्ययन सार्वजनिक गरिएको हो ।

हिजिया  सबैभन्दा ठूलो र लामो क्लिनिकल ट्रायल हो ।  मुटुको जोखिमसम्बन्धी उपचारका लागि गरिने यो उपचार परीक्षण पद्धति हो ।

बिहान उठ्ने बेला र राति सुत्ने बेला ब्लड प्रेसरका चक्की लिन डाक्टरले सिफारिश गरेका विरामीहरू मध्य क्रमविहीन ढंगले १९ हजार ८४ विरामीको अध्ययन गरियो ।

सहभागीहरूमा ककेसियन स्पेनिस र ८हजार ४७० महिला विरामी रहेका थिए । 

उनीहरूको अध्ययनबाट सुत्ने बेला ब्लड प्रेसरको चक्की लिने बिरामीको मुटुसम्बन्धी समस्यामा राम्रो सुधार भएको पाइएको अनुसन्धानकर्ताहरूले जनाएका छन् ।

द युरोपियन हर्ट जरनलले यो विषयमा अध्ययन प्रकाशित गरेको छ ।