कार गुडाउँदै मुसा
काठमाडौ । अमेरिकी वैज्ञानिकहरूले मुसालाई उनीहरूको आकारको कार गुडाउन सिकाउन सफलता पाएका छन् ।
उनीहरूले मुसालाई गाडी सिकाउन सफलता मात्रै पाएका छैनन उनीहरूको प्रयासबाट मानसिक रोगका उपचार औषधि बिना गर्न सकिने विधिको उपाय पत्ता लगाउन सक्ने भएका छन् ।
युनिभर्सिटी अफ रिचमण्डका बरिष्ठ वैज्ञानिक केली लाम्बर्टले यस्तो बताएकी हुन् ।
अनुभव र चुनौतीबारे मगजले दर्शाउने परिवर्तनको अध्ययन न्युरोप्लास्टिक हो ।
लाम्बर्टको रूचिको विषय न्युरोप्लास्टिक हो ।
मुसालाई प्राकृतिकरूपमा उनीहरूको घरमा रहँदा उनीहरूले दर्शाउने प्रतिक्रियाको अध्ययन उनले गरिरहेकी छिन् ।
रोबोट कारको ड्राइभर बस्ने ठाउँबाट केही टाढा तर खाना राखिने प्लास्टिकको भाडा राखिएको छ ।
तामाको तारका तीन बाधा बायाँ, मध्य र दायाँ राखिएका छन् ।
मुसाले आफूलाई अल्मुनियमको सतहमा बसाउँछ र तारलाई छुन्छ त्यसपछि सर्किट पूरा हुन्छ र कार निर्देशित दिशमा गुडन थाल्छ ।
१५० सेन्टिमिटर बाइ ६० सेन्टिमिटरको क्षेत्रमा १७ मुसलाई केही महिनामा तालिम दिइयो ।
बिहयाभिरल ब्रेन रिसर्च जरनलमा लेख्दै अनुसन्धानकर्ताहरूले जनावरलाई ड्राइभिङका जटिल प्रक्रिया सिकाउन सकिने बताएका छन् ।
मुसाहरूलाई तामिल दिँदा उनीहरूको व्यवहारबाट परेको अध्ययनबाट लाम्बार्टले मानिसमा हुने मानसिक रोगको उपचार गर्न सकिने विश्वास प्राप्त गरेकी छिन् ।
सिजोफ्रेनिया वा डिप्रेसनको कुनै उपचार छैन् भन्दै उनले विभिन्न किसिमको काम गराइन जनावरहरूको न्युरोकेमिस्ट्रिमा परिवर्तन गरिएकोले यसबाट त्यसको उपचार पत्ता लाग्न सक्ने विश्वास व्यक्त गरिन् ।
प्रतिक्रिया