अश्लिल गीत गाएको भन्दै र्यापर समिर घिसिङ  ‘भिटेन’ पक्राउ

अश्लिल गीत गाएको भन्दै र्यापर समिर घिसिङ  ‘भिटेन’ पक्राउ

काठमाण्डौ, ७ कात्तिक । ‘भिटेन’ भनेर चिनिएका र्‍याप गायक समिर घिसिङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले गाएका गीतले समाज भड्किलो बनाएको र अश्लिल शब्दहरु राखेको भन्दै उजुरी परेपछि महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुरको जावलाखेलबाट बिहीबार पक्राउ गरेको हो ।

‘हामी यस्तै त हो नि ब्रो’का गायक भिटेनको गीत समाजलाई अपाच्य हुने किसिमको भएपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए ।

यसअघि संस्कृति र परम्परामाथि नै आँच पुर्‍याउने गरी तिहारको देउसी भैलो गीत सार्वजनिक गरेको भन्दै दुर्गेश थापा पक्राउ परेका थिए । उनलाई युट्युबबाट गीत हटाएर माफी मागेपछि रिहा गरिएको थियो ।