भारत र पाकिस्तानबीच सिख तीर्थस्थलका लागि भिसा फ्रि सम्झौता
काठमाडौ । जम्मु काश्मिरलाई विशेषाधिकार दिइने संविधानको अनुच्छेद ३७० हटाएयता तनाव बढिरहेका बेला भारत र पाकिस्तानबीच सिख तीर्थस्थ्ल करिडोर क्षेत्रमा सिख तीर्थयात्रीहरूका लागि फ्रि भिसा सम्झौता सम्पन्न भएको छ ।
सिखधर्मका संस्थापकको मन्दिर अहिले पाकिस्तानमा रहेको छ । त्यहाँ जान दुई देशबीच फ्रि भिसाको सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो ।
करतापुर करिडोरका बारेमा भएको यो सम्झौता दुर्लभ सम्झौता भएको देखिएको छ ।
“सबै आास्थाका भारतीय मूलका भारतीय तीर्थ यात्रीहरूका लागि करतापुर करिडोरको भ्रमण गर्न भिसा फ्रि गरिएको गृहमन्त्रालयका संयुक्र सचिव एससीएल दासले जनाएका छन् ।
विश्वभरिका तीर्थ यात्रीहरूलाई यो तीर्थस्थलमा स्वागत रहेको पाकिस्तानका विदेशमन्त्रालयका प्रवक्ता मोहम्मद फैसलले जनाएका छन् ।
यो सम्झौताले दुई देशबीच यो करिडोर पुलको काम गर्नेछ ।
सिख धर्मका संस्था गुरू नानकको चिहान भारतको सीमाबाट चार किलोमिटर टाढा पाकिस्तानमा छ ।
प्रतिक्रिया