पहिले रक्सौल –काठमाडौे बनाउन खोज्दै सरकार
काठमाडौ । चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमण यता चौतर्फीरूपमा नेपाल चीनको प्रभावमा प¥यो भनेर चर्चा फैलिरहँदा सरकारले रक्सौल काठमाडौ रेलमार्ग भारतको सहयोगमा बनाउन खोजेको देखिएको छ ।
यसका लागि आवश्यक डीपीआर बनाउन भारतीय पक्षलाई आग्रह गरिसकिएको सम्बद्ध स्रोतले जनाएको छ ।
भारतीय पक्षले काठमाडौ रक्सौल रेल मार्गको प्राथमिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेको प्रतिवेदन केही दिन अघि नेपाललाई बुझाएपछि सरकारले भारतीय अनुदान सहयोगमा डिपीआर छिट्टै बनाउन पहल गरेको हो ।
भारतीय पक्षको प्रस्तुतिबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अधिकारीहरूले अर्को सर्वेका लागि भारतीय पक्षसँग पहल अगाडि बढाएका हुन् ।
मन्त्रालयका अधिकारीहरूले भारतीय पक्षको प्रस्तुतिबाट सन्तुष्ट भइ यो पहल गरेका हुन् ।
नेपालसँग आवश्यक सीप जनशक्ति र प्रविधिको अभाव भएकाले भारतीय पक्षलाई यस्तो आग्रह गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि भारतको भ्रमणमा गएका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट काठमाडौ रक्सौल रेल माग परियोजनाको सबै खर्च भारत सरकारबाट बेहोरिने विश्वास प्राप्त गरेका थिए ।
प्रधानमन्त्री ओलीले मोदीबाट पाएको त्यो विश्वासको आधारमा रक्सौल काठमाडौ रेल परियोजनालाई अगाडि बढाउन खोजे अनुसार सम्बद्ध मन्त्रालयका अधिकारीहरूले पहल गरिरहेको स्रोतले जनाएको छ ।
चीनले पनि केरूङ काठमाडौ रेल बनाउने विश्वास दिलाएको छ ।
रक्सौल काठमाडौको तुलनामा केरूङ काठमाडौ अलि बढी चुनौतीपूर्ण रहेकोले भारतीय अनुदान सहयोगमा यो परियोजनालाई छिट्टै पूरा गर्न खोजिएको हो ।
भारत पक्षसँग निकट स्रोतहरूका अनुसार सरकारले रक्सोल काठमाडौं रेल परियोजनालाई द्रुत गतिमा बढाउन खोजेको देखिएको छ ।
भारतकााााो कोनकोन रेलवे विभिन्न ४ लेनको प्रस्ताव गरेको छ । १३६ किलोमिटरदेखि १९८ किलोमिटरबीचको दूरीमा यी चार लेनहरू बन्ने प्रस्ताव गरिएको छ ।
डीपीआर बनाउन एक वर्षको समय लाग्ने देखिएको छ ।
प्रतिक्रिया