कांग्रेसका निलम्बित सांसद आलमलाई आठ दिन थुनामै राख्न अदालतको आदेश

कांग्रेसका निलम्बित सांसद आलमलाई आठ दिन थुनामै राख्न अदालतको आदेश

रौतहट, ८ कात्तिक । कांग्रेसका निलम्बित सांसद मोहम्मद अफताब आलमलाई थप आठ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सामूहिक हत्यालगायत आरोपमा पक्राउ परेका आलमलाई थप आठ दिन हिरासतमै राखेर अनुसन्धान गर्न रौतहट जिल्ला अदालतले तेश्रोपटक म्याद थप गरेको हो ।

दोस्रो पटक थपिएको पाँच दिनको अवधि सकिए पनि अनुसन्धान बाँकी नै रहेको भन्दै प्रहरीले १० दिन थप थुनामै राखेर अनुसन्धान गर्न माग गरेकोमा न्यायाधीश केशव पाण्डेको इजलासले आठ दिनको समय दिएको हो ।
आलमलाई गएको असोज २५ गते राजपुर गौरको शेख इन्द्रिस गेटबाट पक्राउ गरिएको थियो ।