नेकपा नेतृ कमला सुवेदीको निधन
काठमाडौं, ९ कात्तिक । तत्कालीन नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा तत्कालीन संविधानसभाका सदस्य कमला सुवेदीको शनिवार निधन भएको छ ।
रामेछाप बाबिया खर्कमा जन्मिएकी सुवेदीको ब्रेन ट्युमरका कारण मृत्यु भएको अनेरास्वीयू रामेछापकका अध्यक्ष सागरहरि अधिकारीेले बताए । उनका श्रीमान एक छोरा एक छोरी छन् ।
उनको आजै पशुपति अर्याघाटमा अन्तिम संस्कार गरिएको र नेकपाका नेता माधवकुमार नेपालले उनीप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
प्रतिक्रिया