चीनमा मानवरहित फाइभ जी खानी ट्रक
काठमाडौ । चीनले मानवरहित फाइभ जी खानी ट्रकको विकास गरेको छ ।
फाइभ जी प्रविधिमा आधारित आफै स्वचालन विधिमा गुडने यो खानीट्रक चिनियाँ खानीहरूमा प्रयोग हुनेछ ।
यो जानकारी साइन्स एन्ड टेकनलजि डेलीले सार्वजनिक गरेको छ ।१०.२ लामो ५.४ चौडा र ५ मिटर अग्लो आकारको यो खानी ट्रकले ११० टन भारी बोक्ने छ । यो ट्रकलले बाटो आफै तय गर्छ , भारी आफै बोक्छ र भारी आफैं झार्छ र एक ठाउँबाट अर्को ठाउँ आफै जान सक्छ ।
चीनको खानी क्षेत्रमा यो मानवरहित स्वचालित ट्रकहरूको प्रयोगबाट खानीमा सुरक्षा सुधार हुने र उत्पादन क्षमतामा बृद्धि हुने अपेक्षा गरिएको छ ।
यो ट्रक कृत्रिम बौद्धिकता एआई प्रविधिको प्रयोग गरी बनाइएको छ । यसमा फोटो छिन्ने प्रक्रिया, बेतार संवाद क्षमता जस्ता विशेषता जोडिएको छ ।
चीनको स्पेस सान्जियाङ ग्रुप र भाइपाययोनियर्सको संयुक्त प्रयासमा निर्माण भएको हो । गत साता यो ट्रकलाई सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया