दाङमा जुवा खेल्दै गरेका बाह्र जना पक्राउः पक्राउ पर्नेमा शिक्षक, नेतादेखि व्यपारीसम्म
दाङ, १० कात्तिक । दाङमा जुवा खेल्दै गरेका बाह्र जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका(८, बेलुवाका सन्तोष कोरीको घरमा जुवा खेलिरहेको अवस्थामा बाह्र जनालाई शनिबार राति पक्राउ गरिएको दाङका प्रहरी उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिए । प्रक्राउ परेकाको साथबाट ३५ हजार, ६ सय ३० रुपैयाँ नगद बरामद गरिएको पनि शाहले जानकारी दिए ।
त्यस्तै पाल्पाबाट पनि जुवा खेल्दै गरेका तेह्र जना पक्राउ परेका छन् । रिब्दीकोट गाउँपालिका ७ बतासेबाट जुवा खेल्दै गरेका १३ जनासहित साढे ५ लाख रुपैयाँ नियन्त्रणमा लिएएको पाल्पाका प्रहरी निरीक्षक देबराज पौडेलले जानकारी दिए । पक्राउ परेकाहरु शिक्षक, व्यापारी र नेतासमेत रहेका प्रहरीले जनाएको छ ।
प्रतिक्रिया