काठमाण्डौको गुर्जुधारामा ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं, ११ कात्तिक । काठमाण्डौको गुर्जुधारामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । सहचालक घाइते भएका छन्।
कलंकीबाट थानकोटतर्फ हिँडेको बा ५ ख ५० २५ नम्बरको ट्रक बिजुलीको पोलमा ठोक्किँदा चालक मकवानपुरका २५ वर्षका अंकित तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । तामाङको उपचारका क्रममा ज्यान गएको हो । घाइते सहचालकको उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया