विश्वको पहिलो फाइभ जी रेल्वे स्टेशन

विश्वको पहिलो फाइभ जी रेल्वे स्टेशन

सूचना प्रविधिको आधारमा फाइभ जी मोबाइल नेटवर्कको सुविधा सम्पन्न विश्वको पहिलो फाइभ जी रेल्वे स्टेशन चीनको सांघाईस्थित होङकिआओ बन्ने भएको छ । 

सन् २०१९ को सेप्टेम्बर महिनासम्म यो रेल्वे स्टेशनमा फाइभ जी मोबाइल नेटवर्कले राम्ररी काम गर्न सक्ने छ । 

अहिले फोरजी नेटवर्कले यहाँको यात्रुहरूको चापबाट उत्पन्न समस्यालाई समाधान गर्न सकेको छैन् । हरेक दिन यहाँ ३ मानिसको उपस्थिति हुन्छ । 

यति मानिसहरूको आवश्यकतालाई फोर जीको नेटवर्कले सुस्त काम गरिरहेको छ । 

फाइभ जी नेटवर्क जडान गर्ने काम पूरा भएपछि यहाँ २ जीबीको हाइ डिफिनिसन भएको सिनेमा मात्र २० सेकेन्डमा डाउनलोड गर्न सकिन्छ । 

सजिलै खाने र पिउने कुराका लागि त्यहाँ राखिएका रोबोटसँग सम्पर्क गर्न सकिनेछ । फाइभ जी प्रविधिको उन्नत प्रविधिको जडान गर्ने परियोजना हुवावेइ र चाइना मोबाइल सांघाईले संयुक्त रूपमा गरिरहेको छ । 

होङकिआओ रेल्वे स्टेसनमा फाइभ जी नेटवर्कको परियोजना चीनभरि फैलाउने योजनाको पहिलो खुडकिलो हो । 

चीनले सन् २०२० सम्म चीनभर फाइभ जी प्रविधिको विस्तार गर्ने लक्ष्य लिएको छ ।