नेवार समूदाय आज पनि म्हः पूजा गर्दै

नेवार समूदाय आज पनि म्हः पूजा गर्दै

काठमाडौं, १२ कात्तिक । नेवार समुदायको म्हः पूजा आज पनि छ । 

केही नेवार समुदायका व्यक्तिले भाइटीकाको अघिल्लो दिन नै म्हः पूजा गर्ने आफूहरुको परम्परा रहेको भन्दै सोमबार नै म्हः पूजा गरेको भएतापनि केहीले भने आज सो पूजा गर्दैछन् ।

पञ्चांग निर्णायक समितिले आज म्हः पूजा भनेको हुनाले केही नेवार समूदायले आज सो पूजा गर्न लागेका हुन् ।

मंगलबार म्हः पूजा गरेर बुधबार मात्रै भाइटीका लगाउने उनीहरुको तयारी छ ।