दिदीबहिनी नहुनेहरुले काठमाण्डौको रानी पोखरीमा पुगेर टीका लगाए
काठमाण्डौ, १२ कात्तिक । दिदीबहिनी तथा दाजुभाइ नहुनेहरुले काठमाण्डौको रानी पोखरीमा पुगेर टीका लगाएका छन् ।
रानी पोखरीको बीच भागमा रहेका बालगोपालेश्वर मन्दिर भूकम्पले भत्काएकाले मन्दिरको मूर्ति बाहिरै बसेर मंगलबार भाइटीकाका दिन दिदीबहिनी नभएकाहरुले टीका लगाइरहेका हुन् । मन्दिरको पश्चिम ढोका बाहिर मूर्ति राखेर पूजाआजा गर्ने र भाइटीका लगाउने व्यवस्था राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले मिलाएको छ ।
बिहान ७ बजेबाट सुरु गरिएको भाइटीका बेलुका साढे सात बजेसम्म लगाउने मिल्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया