सगरमाथा क्षेत्रमा पर्यटकलाई चिनियाँ अवरोध

सगरमाथा क्षेत्रमा पर्यटकलाई चिनियाँ अवरोध

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न इजाजत नपाएका पर्यटकहरूलाई सगरमाथा आधार शिविरमा जान नपाउने गरी पर्यटकहरूलाई रोक लगाएको छ ।

त्यहाँ जाने मानिसहरूले फोहर गरेको र यसबाट गम्भीर संकट उत्पन्न भएको भन्दै आधार शिविरमा जान नपाउने गरी यो अवरोध लगाइएको हो । यो रोक आदेशले पर्यटकहरू अब पाँच हजार दुई सय मिटरको उचाईसम्मका बौद्ध विहारहरूमात्र घुम्न पाउने छन् । त्यसमाथिका क्षेत्रमा जान पाउने छैनन् ।

सामान्य रूपले नेपालको तर्फबाट सगरमाथामा जानेहरूको संख्या धेरै भए पनि हाल चीनको तर्फबाट पनि सगरमाथामा जानेहरूको संख्या बढी रहेको पाइएको छ ।

चीनको तर्फबाट सगरमाथामा जान चीनको तिब्बत क्षेत्रबाट जानुपर्ने हुन्छ । यस क्षेत्रबाट जान कारको सुविधाले सजिलो भएको छ । त्यही उचाईमा पुग्न नेपालको तर्फबाट दुई साताको हिँडाइमा पुग्नुपर्ने हुन्छ ।

चिनियाँ पर्वतारोहण संघका आधारमा सन् २०१५ मा ४० हजार मानिस आधार शिविरमा पुगेका थिए भने सन् २०१६–१७ मा नेपालको तर्फबाट ४५ हजार मानिस आधार शिविरमा पुगेको वन तथा भू संरक्षण मन्त्रालयको आँकडामा उल्लेख रहेको छ ।