सप्तरीमा १५ केजीको लोपोन्मुख प्रजातिको अजिङ्गर फेला
सप्तरी, १३ कात्तिक । सप्तरीमा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ ।
सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–१२, कोशी बाँधमा मंगलबार राति १५ किलोको अजिङ्गर फेला परेको हो ।
प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयले कोशी बाँधमा अजिङ्गर देखेपछि इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । दबर पाएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको अजिङ्गर इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखिएको छ ।
प्रतिक्रिया