खोटाङमा यात्रुबस दुर्घटना: १३ जना घाइते, दुईको अवस्था गम्भीर
खोटाङ, १३ कात्तिक । खोटाङको हलेसी चुवाचुङ नगरपालिकाको कामिडाँडामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । प्रहरीका अनुसार सदरमुकाम दिक्तेलबाट विराटनगर जाँदै गरेको को १ ख ६३२० नम्बरको बस बुधबार बिहान दुर्घटना भएको हो ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
प्रतिक्रिया