विदेशी लगानी ल्याएर अर्थतन्त्र बलियो पार्न चीनले ल्यायो क्रिप्टोग्राफी कानुन
काठमाडौ । चीनले सन् २०२०को नयाँ वर्षसँग लागु हुने गरी साइबर तथा सूचना सुरक्षाको सन्दर्भमा महत्वपूर्ण मानिएको क्रिप्टोग्राफी कानुन पारित गरेको छ ।
विज्ञहरूका अनुसार चीनले यो कानुन विदेशी लगानी विस्तार गरी चिनियाँ अर्थतन्त्रलाई बलियो पार्ने उद्देश्यले यो कानुनलाई पारित गरेको हो ।
सन् २०१७को अप्रिलमा प्रारम्भिक मस्यौदा सार्वजनिक गरेको दुई वर्ष पछि चीनको राष्ट्रिय जनकांग्रेसले सन् २०१९को अक्टोबरको अन्तिम सातामा क्रिप्टोग्राफी कानुनलाई पारित गरेको हो ।
सुरक्षा र व्यापार दुबै क्षेत्रमा लागु हुने यो कानुनले कतिपय विद्यमान कानुनहरूलाई विस्थापित गर्ने भएको छ ।
सिंगापुरस्थित नान्याङ टेक्नलजि युनिभर्सिटीको एस राजारत्नम स्कूल अफ इन्टरनेशनल स्टडिजको चाइना प्रोग्रामका बरिष्ठ विश्लेषक जी याङले समग्रमा चीनको यो क्रिप्टोग्राफी कानुनलाई व्यापारिक क्षेत्रका विषयमा सहमती कायम गर्ने किसिमको विदेशी लगानी र विदेशी संलग्नता ल्याइ चिनियाँ अर्थतन्त्रलाई बलियो पार्ने खालको भएको टिप्पणी गरेका छन् ।
यद्यपि चीनको क्रिप्टोग्राफी उपकरणहरूमा सुरक्षा क्षेत्रमा केही क्षेत्र खाली भएको यो कानुनले जनाएको उनको बुझाइ छ ।
चीनको आन्तरिक क्रिप्टोग्राफी क्षेत्रका प्रतिष्ठानहरूलाई अझ बढी प्रतिस्पर्धी बनाउनु पर्ने आवश्यकता रहेको उनले जनाएका छन् ।
यसका बाबजुद मौजुदा समयमा यो कानुनले धेरै सवालहरूको हल दिएको दिएको छ ।
प्रतिक्रिया