विश्वरभरका मानिसको पुख्यौंली थाँतथलो बोत्सवाना भएको दाबी
काठमाडौ । विश्वभरिको मानिसको पुख्यौंली थाँतथलो बोत्सवाना भएको दाबी गरिएको छ । जलवायु परिवर्तन पछि १ लाख वर्ष पहिले उनीहरू विश्वभर ं विस्थापित भएर गएको अनुसन्धानकर्ताहरूले दाबी गरेका हुन् ।
नेचर जरनलमा प्रकाशित रिपोर्ट अनुसार विश्वभर मानिस फैलिनु अघि उनीहरूको पुख्र्यौली थाँतथलो बोत्सवाना थियो । यो अध्ययनका लागि वैज्ञानिकहरूले अफ्रीकी देशका मानिसहरूको ‘माइटोकान्ड्रियल डीएनए’ को विश्लेषण गरेका थिए । १२०० जति मानिसको डीएनए परीक्षण गरिएको थियो ।
शोधकर्ताहरूका अनुसार झण्डै २ लाख वर्ष पहिले अहिलेका मानिसहरूको पुर्खा पैदा भए । त्यसपछि बोत्सावानाका अन्य क्षेत्र , नामिबिया र जिम्बाब्वेमा उनीहरूको फैलाव भयो । यो क्षेत्र त्यतिखेर मानिसहरूको बसोबासका लागि अनुकूल थियो । उनीहरू झण्डै ७० हजार वर्षसम्म यही क्षेत्रमा बसोबास गरे ।
अस्ट्रेलियाको गारवन इन्स्टिच्युट अफ मेडिकल रिसर्चका एक प्रोफेसर वैनेसा हेस तथा उनका सहयोगीहरूले नामिबिया र दक्षिण अफ्रीकाका केही मानिसहरूको रगत नमूना संकलन गरेका थिए । त्यसपछि उनीहरूको ‘माइटोकान्ड्रियल डीएनए’ परीक्षण गरियो । हैसले जनाएअनुसार ‘माइटोकान्ड्रियल डीएनए’ टाइम क्याप्सूलजस्तो काम गर्ने गर्छ र यसले पुस्तादर पुस्ता परिवर्तन हुन्छ ।
भूवैज्ञानिक प्रमाणहरूका आधारमा यो क्षेत्रमा ं अफ्रीकाको सबै भन्दा ठूलो ताल थियो । जसलाई मकगाड़ीक्गाड़ीको नामले चिनिन्छ । सो अध्ययन प्रतिवेदनका अनुसार जलवायु कम्प्युटर मोडल सिमुलेशनले दिएको संकेतको आधारमा पृथ्वीको धुरीको सुस्त गतिका कारण यो क्षेत्रमां वर्षा हुन थालेको थियो । दक्षिण कोरियाको ंपुसान नेशनल यूनिवर्सिटीका प्रोफेसर एक्सल टिम्मरम्यानका अनुसार जलवायुमा भएको परिवर्तनले गर्दा वनस्पतियको उत्पत्ति शुरू भयो ।
टिम्मरम्यानले जनाए अनुसार १ लाख ३० हजार वर्ष पहिले उत्तर पूर्वमा र फेरि झण्डै १ लाख १० हजार वर्ष पहले दक्षिण पश्चिममा हाम्रा पुर्खा विस्थापित हुन थालेका थिए
प्रतिक्रिया