प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिसका लागि 'अल्ट्रा फिल्ट्रेसन' हुँदै

प्रधानमन्त्री ओलीको दोस्रो पटक डायलासिसका लागि 'अल्ट्रा फिल्ट्रेसन' हुँदै

काठमाण्डौ, १४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा दोस्रो पटक मृगौलाको डायलासिस भैरहेको छ ।

बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको आज दोस्रो पटक डायलासिस भैरहेको हो । उनको रगतमा पानीको मात्रा धेरै भएकाले रगतलाई शुद्ध बनाउन गरिने डायलासिस अन्तर्गत पर्ने अल्ट्रा फिल्ट्रेसन गर्ने काम भैरहेको जनाइको छ । 

यस अघि उनको हिजो पनि 'अल्ट्रा फिल्ट्रेसन' गरिएको थियो ।

अस्पतालका एक डाक्टरका अनुसार थप डायलासिस गर्नुपर्ने भएकाले प्रधानमन्त्री अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । प्रधानमन्त्रीको रगतमा क्रेटिनाइनको बढी देखिएकाले थप डायलासिस गरिएको हो ।