चीनले समाजवादी प्रणाली र बजार अर्थतन्त्रबीचको तालमेल मिलाउने
काठमाडौ । चिनियाँ विशेषता सहितको समाजवादी प्रणालीलाई अगाडि बढाउने उद्देश्यका साथ चीनको १९ औं केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।
बिहीबार सम्पन्न भएको केन्द्रीय समितिको बैठकको निर्णयबारे जारी विज्ञप्तिमा चिनियाँ विशेषतासहितको आधुनिक चीन बनाउने र सुशासन अभिवृद्धि गरिने पार्टी महासचिव सीको दस्तावेजमा उल्लेख गरिएको छ ।
यस्तो समाजवादी प्रणालीको विकास गर्न दीर्घकालीन व्यवहारबाट अनुभव प्राप्त भएको जनाइएको छ ।
सार्वजनिक क्षेत्रको भूमिकाको महत्वलाई उठाउँदै विभिन्न स्वामित्वमा रहेका विविध प्रकारका आर्थिक कम्पनीहरूको साझा विकास गरी श्रमको आधारमा वितरण प्रणालीलाई अगाडि बढाइने जनाइएको छ ।
समाजवादी प्रणाली र बजार अर्थतन्त्रबीच तालमेल मिलाइ उत्पादनशील शक्तिको निरन्तर विकास गर्ने उल्लेख गरिएको छ ।
२०२ केन्द्रीय सदस्य र १६९ वैकल्पिक केन्द्रीय सदस्यको उपस्थितिमा यो १९औं राष्ट्रिय कांग्रेस सम्पन्न भएको हो ।
यो कांग्रेसले दुई जना वैकल्पिक सदस्यलाई पूर्ण सदस्य बनाइएको जनाइएको छ । मा झनेगु र मा वेइमिङ पूर्ण सदस्य भएका छन् ।
प्रतिक्रिया