निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्धामा थुनछेक बहस हुँदै
काठमाण्डौ, १७ कात्तिक । निवर्तमान सभामुख कृष्णबहादुर महराको मुद्धामा आइतबार थुनछेकको बहस हुँदैछ । काठमाण्डौ जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिएकाले आइतबार थुनछेक बहस हुन लागेको हो ।
अदालतको बन्द इजलासमा शुक्रबार भएको बयानमा महराले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै पीडित भनिएकी महिलालाई सम्झाउन गए पनि फोन नउठेपछि कोठामा नगई फर्किएको र आफूले सभामुखको मर्यादा कायम राखेको बताएका थिए ।
थुनछेक बहस सकिएपछि महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला अदालतले गर्नेछ ।
उनलाई संसद सचिवायकी एक महिला कर्मचारीमाथि यौन दुव्र्यबहारको मुद्धा लागेको छ ।
प्रतिक्रिया