प्रधानमन्त्री ओलीको टिचिङमा छातिको एक्सरे, बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

प्रधानमन्त्री ओलीको टिचिङमा छातिको एक्सरे, बालुवाटारमा मन्त्रिपरिषद् बैठक 

काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर छाति तथा फोक्सोको एक्सरे गराएका छन् ।

बुधबार र बिहीबार मिर्गौला डायलासिस गरेका प्रधानमन्त्री ओलीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओ भास्कुलर तथा थोरासिक सेन्टर पुगेर स्वास्थ्य जाँच गराएका हुन् । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बिहान केहीबेर टिचिङमा एक्सरेका लागि प्रधानमन्त्री गए पनि अहिले मन्त्रिपरिषद् बैठक चलिराखेको जानकारी दिए। अर्यालका अनुसार प्रधानमन्त्री ओली टिचिङमा एक्सरे गरेर बालुवाटारमा मन्त्रीपरिष्द बैठकमा सहभागि भएका हुन् ।

एक्सरे पछि प्रम ओलीको फोक्सोमा पानी भए/नभएको जाँच गरिएको र उक्त पानी अहिले झिक्नु नपर्ने अवस्थामा रहेको एक चिकित्सकले बताए ।