सुकुटे दुर्घटना अपडेटः मृतकको संख्या ९ पुग्यो, घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदै
काठमाडौं, १७ कात्तिक । दोलखाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस सिन्धुपाल्चोकको सुकुटेबाट सुनकोसी नदीमा खस्दा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
आइतबार शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस सुनकोसी नदीमा खसेको हो । चालक धनबहादुर तामाङको सकुशल उद्धार गरिएको थियो भने नदीमा डुबेको बस क्रेनको सहायताले किनारमा निकालिएको छ ।
बसभित्र च्यापिएका र अचेत अवस्थामा एकजना यात्रुको उद्धार गरिएको छ । अन्य यात्रुहरू नदीले बगाएर आधा किलोमिटर तलसम्म पुर्याएको प्रहरीले जनाएको छ ।
दुर्घटना र घाइतेको प्रकृति हेर्दा मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । २० जना घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल ल्याइएको छ ।
प्रतिक्रिया