हुवावेइलाई बिक्री गर्न अमेरिकी कम्पनीले अनुमति पाउने

काठमाडौ । अमेरिकी कम्पनीहरूले चिनियाँ कम्पनी हुवावेइलाई सामान बिक्री गर्न  अनुमति पाउने भएका छन् ।

अमेरिकाको  वाणिज्यमन्त्री विलबर रोसले हुवावेइलाई सामान बिक्री गर्न पाउने अनुमति अमेरिकी कम्पनीले पाउने बताएका छन् । 

अमेरिकाले हुवावेइलाई कालोसूचीमा राखेका लागि अमेरिकी कम्पनीले सामान बिक्री गर्न पाएका थिएन् ।

२६० अमेरिकी कम्पनीहरूले  अनुमति दिनका लागि आग्रह गरेका छन् । यस विषयमा जानकारी दिँदै वाणिज्य मन्त्री रोसले ती मध्ये केही कम्पनीलाई सामान बेच्न पाउने अनुमति दिइने उनले जनाए ।

अमेरिका र चीनबीच व्यापार युद्ध चर्किदै गएपछि मेमा राष्ट्रपति डोनाल्ड ट्रम्पले हुवावेइलाई वाणिज्य विभागको कालो सूचीमा राखेका थिए । ट्रम्पले राष्ट्रिय सुरक्षाको कारण उल्लेख गरी कालो सूचीमा राखेका थिए ।

हुवावेइले अमेरिकी आरोपको खण्डन गर्दै आएको छ ।