नेकपाको सचिवालय बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

 नेकपाको सचिवालय बैठक सकिए लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने

काठमाडौं, १८ कात्तिक । सोमबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सातवटा प्रदेशका प्रमुखहरुको नियुक्ति गर्ने निर्णय लिने जनाइएको छ । बैठक बिहान ११ बजे प्रधानमन्त्री निवनस बालुवाटारमा बोलाइएको एक सचिवालय सदस्यले बताए । बैठक पछि मन्त्रिपरिषद् बैठक बस्ने छ । 

आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई बरखास्त गरेकी थिइन् । उनीहरुलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दुई वर्ष अघि नियुक्त गरेको थियो ।